Comments Add Comment

स्वास्थ्यमा १० प्रतिशत बजेट पार्न पहल गरेको छु : उपप्रधानमन्त्री यादव

२ जेठ, काठमाडौं । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले आगामी आर्थिक वर्षमा स्वास्थ्य क्षेत्रमा १० प्रतिशत बजेट पार्न आफूले पहल गरिरहेको बताएका छन् ।

चालु आर्थिक वर्षमा ४.४ प्रतिशत छुट्टयाइएको जानकारी दिँदै उनले यसलाई बढाएर १० प्रतिशत पु¥याउन पहल गरेको दावी गरे ।

महाराजगंजस्थित कान्तिबाल अस्पतालमा बिहीबार मेडिकल उपकरण हस्तान्तरण गर्दै उपप्रधानमन्त्री यादवले थाइल्याण्डमा कुल बजेटको २१ प्रतिशत स्वास्थ्य क्षेत्रमा छुट्याएको उदाहरण दिए ।

उनले कान्ति बाल अस्पतालको व्यवस्थापनलाई मन्त्री यादवले उपलब्ध स्रोत र साधन प्रयोग गरी बिरामीलाई अधिकतम गुणस्तरीय सेवा प्रदान गर्न निर्देशनसमेत दिएका छन् ।

कर्मचारी समायोजन सम्पन्न भएलगत्तै देशभरीको स्वास्थ्य जनशक्ति, अस्पतालको भौतिक तथा प्राविधिक अवस्था र मेडिकल उपकरणको उपलब्धताको तथ्यांक संकलन गरी देशभरी जनशक्ति र उपकरण पु¥याउने उपप्रधानमन्त्री यादवले बताए ।

टेकुस्थित परिवार स्वास्थ्य महाशाखाले करिब ८० लाख मूल्यको उपकरण बिहिबार कान्तिबाल अस्पताललाई उपलब्ध गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment