 
																			२ जेठ, विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकाका इन्जिनियर चन्द्रनारायण चौधरीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आईएसीको नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी जागिर खाएको उजुरी परेपछि अनुसन्धान गरेको आयोगले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
नक्कली शैक्षिक प्रमाण पत्र पेस गरी जागिर खाएको र बढुवामा परेको उजुरी परेपछि छानबिन गरेको अख्तियारले बिहार विश्वविद्यालय परीक्षा समिति पटना भारतबाट आईएसी पास गरेको झुटो विवरण पेस गरेको दाबी गरेको छ ।
इन्जिनियर चौधरीले झुटो विवरण राखी प्रमाण पत्र राखेर माथिल्लो पदको सुविधा लिएको देखिएपछि भष्ट्रचार निवारण ऐन २०५९ को दफा १६ को उपदफा १ बमोजिम आरोप पत्र दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले प्रेस विज्ञप्ती जारी गरी जानकारी दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4