Comments Add Comment

२ महिनाकी छोरी हत्या गरेको आरोपमा आमा पक्राउ

३ जेठ, गुल्मी । २ महिनाकी छोरीको हत्या गरेको आरोपमा गुल्मी प्रहरीले एकजना महिलालाई नियन्त्रणमा लिएको छ ।

गुल्मी दरबार गाउँपालिका-४ की ३५ वषर्ीय जुना बिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनकी २ महिने छोरी विष्णु बक बिहीबार साँझ मृत फेला परेकी थिइन् ।

आमाकै काखमा रहेकी शिशु मृत फेला परेपछि आमाले नै हत्या गरेको आशंका प्रहरीको छ । पक्राउ परेकी आमा जुनामाथि अनुसन्धान सुरु गरिएको डीएसपी मिन घलेले बताए ।

शिशुुको कानमा अलिकती चोट रहेको र अन्य कुनै ठाउँमा चोट नभएको प्रहरीले जनाएको छ । शिशुको शब पोष्टमार्टम र आमाको बयानबाट थप कुरा खुल्ने प्रहरीले जानकारी दिएको छ ।

शिशुको शबलाई पोष्टमार्टमको लागि गुल्मी अस्पताल ल्याइएको छ । शिशुुकी आमाले मानसिक रोगसम्बन्धी औषधि सेवन गर्दै आएको खुलेको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment