Comments Add Comment

आयोजक नेपाल एसिया कप ह्विल चेयर क्रिकेटका सबै खेलमा पराजित

३ वैशाख, काठमाडौं । एसिया कप ह्विल चियर टी–२० क्रिकेटमा आयोजक नेपाल सबै खेलमा पराजित भएको छ ।

त्रिवि क्रिकेट मैदानमा शुक्रबार भएको अन्तिम खेलमा नेपाल पाकिस्तानसँग १३० रनले पराजित भयो । २७० रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १३९ रन मात्रै बनाउन सक्यो ।

नेपालका कप्तान दिगमसिंह चेम्जोङले ४७, सागर पाण्डेले ३० र होमनाथ राईले १६ रन बनाए ।

टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ४ विकेटको क्षतिमा २६९ रन बनाएको थियो । पाकिस्तानका मोहमद लातिफले १४६ रन बनाए । त्यस्तै, साजद अलि अब्बासीले ६२ रनाएपछि पाकिस्तानले ठूलो स्कोर बनाएको थियो ।

यसअघि नेपाल पहिलो खेलमा भारत र दोस्रो खेलमा बंगलादेशसँग पराजित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment