+
+

प्रदेश १ मा संसदीय पत्रकार मञ्च गठन

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ ३ गते १८:५४

३ जेठ, विराटनगर । विराटनगरमा रहेर संसदीय रिर्पोटिङ गर्ने पत्रकारको भेलाले गणेश लम्सालको अध्यक्षतामा ९ सदस्यीय संसदीय पत्रकार मञ्च प्रदेश १ गठन गरेको छ ।

मञ्चको उपाध्यक्ष बाबुराम भण्डारी, सचिव कुमार लुइँटेल, सहसचिव तारा आचार्य र कोषाध्यक्ष बिनु तिम्सिना रहेका छन । त्यसैगरी सदस्यहरू अनन्त न्यौपाने, सुमन सुस्केरा, मिलन बुढाथोकी र ध्रुव भट्टराई रहेका छन् ।

भेलाले मञ्चको विधान मस्यौदा समितिमा पत्रकार अनन्त न्यौपाने, राजु अधिकारी, विवेक गौतमलाई चयन गरेको छ । भेलाले तीन महिनाभित्र साधारण सभा बोलाएर नयाँ कार्यसमिति चयन गर्ने निर्णय पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?