+

लगातार सातौं पटक बार्यन म्युनिख बन्यो च्याम्पियन

२०७६ जेठ  ४ गते २१:०९ २०७६ जेठ ४ गते २१:०९
लगातार सातौं पटक बार्यन म्युनिख बन्यो च्याम्पियन

काठमाडौं । बार्यन म्युनिखले लगातार सातौं पटक जर्मन लिग बुन्डेजलिगाको उपाधि जितेको छ । शनिबार भएको लिगको अन्तिम खेलमा फ्राङ्कर्फटलाई ५-१ को फराकिलो अन्तरले हराउँदै बार्यन म्युनिखले उपाधि जितेको हो ।

उसको यो लगातार सातौं तथा समग्रमा ३० औं बुन्डेजलिगा उपाधि हो ।

२०११/१२ मा बोरुसिया डर्टमुन्डले जितेको थियो । त्यसयता लगातार उपाधि जित्दै आएको बार्यनलाई यो सिजन पनि डर्टमुण्डले नै चुनौती दियो । लिगमा १२ खेल खेल्दा ९ अंकको अग्रता लिएको थियो तर, सिजनको अन्त्यतिर उसले लय गुमायो ।

अन्तिम खेल खेल्नु अघि बार्यन दोस्रो स्थानमा रहेको डर्टमुन्ड भन्दा दुई अंकले अगाडि थियो । शनिबार भएको खेलमा डर्टमुन्डले पनि जित्यो तर, बार्यनले फराकिलो जित हात पार्दै उपाधि रक्षा गर्‍यो ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय