Comments Add Comment

प्रदेश ५ मा सवारी दुर्घटना बढ्यो, ९ महिनामा ४९६ को मृत्यु

५ जेठ, बर्दिया । प्रदेश ५ मा सवारी दुर्घटना बढेको छ । पछिल्लो नौ महिनामा मात्रै ४ सय ९६ जनाले सवारी दुर्घटनामा परी ज्यान गुमाएका छन् । प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय, बुटवलका अनुसार चालू आर्थिक वर्षको वैशाख मसान्तसम्ममा साना तथा ठूला सवारी दुर्घटनामा परी उनीहरुको ज्यान गएको हो ।

प्रदेशका १२ जिल्लामध्ये रुपन्देहीमा सबैभन्दा धेरै दुर्घटना भएको छ । प्रहरीका अनुसार, चालू आर्थिक वर्षको ९ महिनामा १ सय ३ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा ८४ पुरुष, ९ महिला छन् । रुपन्देहीका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा परी ७ बालक र ३ बालिकाको पनि ज्यान गएको छ । दुर्घटनामा १ सय ५९ जना गम्भीर घाइते भएका छन् । घाइतेमध्ये केही घर फर्के पनि कतिपय अझै उपचाररत रहेको प्रहरीले जनाएको छ ।

प्रदेश ५ का बढी दुर्घटना हुने जिल्लाको दोस्रो नम्बरमा दाङ छ । प्रदेश ५ ट्राफिक प्रहरी कार्यालयका अनुसार, दाङका विभिन्न स्थानमा पछिल्लो नौ महिनामा भएको दुर्घटनामा ९२ जनाको मृत्यु भएको छ । १ सय ९४ जना गम्भीर घाइते छन् ।

पश्चिम नवलपरासी पनि दुर्घटनाको अग्रपंक्तिमा छ । ५७ जनाको विभिन्न दुर्घटनामा परी ज्यान गुमेको छ ।

बर्दियामा २८, गुल्मीमा १५ को ज्यान गएको छ भने रोल्पामा १४ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार, रोल्पाका विभिन्न स्थानमा भएको दुर्घटनाको क्रममा २० जना गम्भीर घाइते भएका छन । प्यूठानमा पनि पछिल्ला महिनामा विभिन्न दुर्घटना भए । दुर्घटनाका क्रममा १३ को मृत्यु भएको प्रहरीले जनाएको छ । पूर्वी रुकुम सवारी दुर्घटना हुने प्रदेश ५ का जिल्लाको एघारौं नम्बरमा छ । यहा“ १२ जनाको ज्यान गएको छ । दुर्घटनाबाट सबैभन्दा कम मानवीय क्षति भएको जिल्ला अर्घाखा“ची हो । प्रहरीका अनुसार, नौ महिनाको अवधिमा यहा“ जनाको मृत्यु भएको छ । ३२ जना गम्भीर घाइते छन् ।

प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक एंव सूचना अधिकारी माधवप्रसाद बुढाथोकी दुर्घटनाको मुख्य कारण क्षमताभन्दा बढी यात्रु बोक्नु र मादक पदार्थ सेवन भएको बताउ“छन् । तीव्र गति र चालकको लापरवाहीले पनि दुर्घटना दर बढेको छ ।

दुर्घटना दर बढेपछि प्रहरी यसमा गम्भीर भएको बुढाथोकी बताउ“छन् । उनका अनुसार, न्यूनीकरणका लागि सचेतनालगायतका अभियान सञ्चालन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment