Comments Add Comment

रियल मड्रिड रियल बेटिससँग पनि पराजित

५ जेठ, काठमाडौं । रियल मड्रिड स्पेनिस ला लिगा फुटबलको अन्तिम खेलमा पनि पराजित भएको छ ।

आइतबार भएको खेलमा रियल मड्रिड रियल बेटिससँग २–० गोलको लज्जास्पद हार ब्यहोरेको हो । रियल बेटिसको जितमा लोरेन मोरन र जेसेले गोल गरे ।

पहिलो हाफसम्म गोलरहित बराबरी खेलेको रियलले दोस्रो हाफमा थप दुई गोल खान पुग्यो । रियल मड्रिड आफ्नै घरेलु मैदानमा पनि पराजित भएसँगै थप आलोचित भएको छ ।

मोरनले खेलको ६१ औं मिनेटमा गोल गर्दै रियल बेटिसलाई अग्रता दिलाएका थिए । तुलनात्मक रुपमा निकै फितालो प्रदर्शन गरेको रियल मड्रिडले खेलको ७५ औं मिनेटमा अर्को गोल खान पुग्यो । यो पटक जेसेले गोल गरेका थिए ।

बाँकी समयमा रियल मड्रिड खेलमा फर्किनु सकेन । अन्तिम खेलमा पनि पराजित भएको रियल मड्रिडले यो सिजन तेस्रो स्थानमा सकाएको छ । रियलले ३८ खेलबाट ६८ अंक बनाउँदै लिग सकाएको हो । यता, रियल बेटिसले १०औं स्थानमा लिग सकाएको छ । उसको ३८ खेलबाट ५० अंक छ ।

लिग च्याम्पियन बार्सिलोनाले अझै एक खेल खेल्नु बाँकी छ । बार्सिलोनाले अन्तिम खेल आइबरसँग खेल्दैछ । त्यस्तै, लिगको उपविजेता भने एट्लेटिको मड्रिड भएको छ । एट्लेटिको मड्रिडले ३८ खेलबाट ७६ अंक बनाउँदै दोस्रो स्थानमा लिग सकाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment