
६ वैशाख, धादिङ । धादिङको नौबिसेमा आइतबार राति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । धार्केबजारबाट नौबिसेतर्फ जाँदै गरेको बा३५प ९३९१ नंको मोटरसाइकललाई अर्को गाडीले ठक्कर दिएपछि धुनीबेँसी नगरपालिका-१ का ३० वर्षीय दिपेश घलानको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकललाई ठक्कर दिने सवारी साधनको पहिचान नखुलेको र खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।
घटनापछि बजारवासीले केहीबेर सडक अवरुद्ध गरेका थिए । प्रहरीले घटना गराउने सवारी साधन खोजी गर्ने बताएपछि राजमार्ग सञ्चालन भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4