Comments Add Comment

बालुवाटार जग्गा सरकारको नाममा ल्याएर मात्र हुन्न, दोषीलाई कारबाही गर्नुपर्छ : भीम रावल

६ जेठ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका नेता भीम रावलले बालुवाटारको ललिता निवासको जग्गा सरकारले फिर्ता गराउनेमात्रै नभई दोषीलाई कारबाही गर्नुपर्ने बताएका छन् ।

सोमबार रिपोर्टस् क्लबमा आयोजित साक्षात्कारमा उनले जग्गा फिर्ता ल्याउने निर्णय गरेकोमा धन्यवाद दिँदै दोषीलाई कानुनी दायरामा ल्याउन पनि माग गरे ।

‘वालुवाटार जस्तो संवेदनशील स्थानको जग्गा व्यक्तिको नाममा जानु आपत्तिजनक छ । सत्य तथ्य पहिचान गरेर दोषीलाई कारबाही गर्नुपर्छ । अब सरकारको छानविनको निश्कर्ष पर्खौं’ नेता रावलले भने ।

माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा गृहमन्त्री भएका नेता रावलले त्यसबेला मन्त्रिपरिषद बैठकमा उक्त जग्गाबारे कुनै पनि औपचारिक प्रस्ताव र छलफल नभएको पनि दावी गरे ।
नेता रावलले संविधानमा भएको प्रेस स्वतन्त्रताको व्यवस्थालाई मनन गर्दै मिडिया काउन्सिलसम्बन्धी विधेयकमा भएका दण्ड सजायसम्बन्धी व्यवस्थाबारे गहन छलफल गर्नुपन धारणा राखे ।

संविधान निर्माण गर्दा नै गहन छलफल गरेर प्रेस स्वतन्त्रताको पक्षमा गरिएको व्यवस्थालाई कुल्चिन नहुने रावलको तर्क छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले पनि विधेयकमा भएका असन्तुष्टिका विषयलाई छलफल गरिने भनिसकेकाले धेरै तर्कं गरिरहनु आवश्यक नरहेको रावलले बताए ।

फरक प्रसंगमा नेता रावलले पार्टी विधानअनुसार चल्न नसकेको गुनासो पनि गरे । स्थायी कमिटिको बैठक हरेक ३–३ महिनामा बस्नुपर्ने भए पनि त्यसो नगरिएको रावलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment