Comments Add Comment

मिडिया काउन्सिल विधेयक फिर्ता लिन भैरहवाका पत्रकारको माग

७ जेठ,बुटवल । लुम्बिनी प्रेस क्लब सिद्धार्थनगर,रुपन्देहीले मिडिया काउन्सिल विधेयक फिर्ता गर्न माग गर्दै प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षलाई ज्ञापनपत्र बुझाएको छ ।

क्लबले जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाल मार्फत ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्र बुझाउदै क्लबका अध्यक्ष दिपेश पछाईले सरकारले हालै संघीय संसदमा दर्ता गरेको ‘नेपाल मिडिया काउन्सिल सम्बन्धि कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ दर्ता गरेकोप्रति आपत्ति जनाए ।

उनले समग्र प्रेस जगतलाई नियन्त्रण गर्ने र स्वतन्त्र रुपमा आलोचना गर्ने अधिकारबाट वञ्चित गर्ने उद्देश्यले ल्याइएको उक्त विधेयक प्रेस स्वतन्त्रता विरोधी रहेको बताए । विधेयकले संविधानले प्रदत्त अधिकारलाई कुण्ठित गरेको र स्वतन्त्र पत्रकारिता माथि अंकुश लगाउने काम गरेको पछाईले बताए ।

क्लबका निवर्तमान अध्यक्ष माधव ढुङ्गानाले श्रमजीवि पत्रकार ऐन र प्रेस काउन्सिल ऐन खारेज गर्ने गरी दर्ता गरिएको विधेयकमा अहिले रहेको प्रेस काउन्सिललाई थप प्रभावकारी बनाउने भन्दै नियन्त्रणकारी प्रावधान राखिनु लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको विरुद्धमा रहेको बताए ।

क्लबको अगुवाईमा पत्रकारहरुले मंगलबार एक घण्टा जिल्ला प्रशासन कार्यालय परिसरमा धर्ना दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment