News Summary
Generated by OK AI. Editorially reviewed.- फिफा विश्वकप २०२६ को सेमिफाइनलमा स्पेनसँग पराजित भएपछि फ्रान्सेली प्रशिक्षक डिडिए डेसचाम्प्सले रेफ्रीको स्तरमाथि प्रश्न उठाएका छन् ।
- डेसचाम्प्सले 'के ती रेफ्री विश्वकपको सेमिफाइनल खेलाउन योग्य स्तरका थिए त ?' भन्दै रेफ्रीको निर्णय क्षमतामा गम्भीर शंका व्यक्त गरेका छन् ।
- खेलका केही निर्णयहरू पक्षपातपूर्ण रहेको दाबी गर्दै उनले हारको कारण मात्र नभई समग्र खेल परिस्थितिमाथि असन्तुष्टि जनाएका छन् ।
३१ असार, काठमाडौं । फ्रान्सका प्रशिक्षक डिडिए डेसचाम्प्सले रेफ्रीको स्तरमाथि प्रश्न उठाएका छन् ।
फिफा विश्वकप २०२६ को पहिलो सेमिफाइनलमा स्पेनसँग पराजित भएसँगै फ्रान्सका प्रशिक्षक डेसचाम्प्सले रेफ्रीको स्तरमाथि प्रश्न उठाएका हुन् ।
‘म एउटा गम्भीर प्रश्न सोध्छु। के ती रेफ्री विश्वकपको सेमिफाइनल खेलाउन योग्य स्तरका थिए त ?,’ उनले प्रश्न गरे ।
खेलका केही निर्णयहरू पक्षपातपूर्ण रहेको प्रशिक्षक डेसच्याम्प्सको दाबी छ । उनले भने, ‘मैले यो कुरा आज हामीले खेल हारेकै कारणले मात्र भनिरहेको छैन । त्यहाँ निकै धेरै परिस्थितिहरू सिर्जना भएका थिए । केही निर्णयहरू त निकै पक्षपातपूर्ण समेत थिए ।’
प्रतिक्रिया 4