News Summary
Generated by OK AI. Editorially reviewed.- स्पेनका प्रशिक्षक लुइस डे ला फुएन्तेले यूरो कपमा फ्रान्सलाई हराएपछि आफ्ना खेलाडीहरू सबै सम्मानको हकदार भएको बताएका छन् ।
- फुएन्तेले खेलाडीहरूले दिनप्रतिदिन आफ्नो प्रतिबद्धता, एकता, उदारता र प्रतिभा प्रमाणित गरिरहेको भन्दै उनीहरूको प्रशंसा गरेका छन् ।
- चार वर्षअघि तय गरेको स्पष्ट सोचका कारण टोली आज विश्वकै उत्कृष्ट टोलीका रूपमा उभिन सफल भएको उनले उल्लेख गरेका छन् ।
३१ असार, काठमाडौं । स्पेनका प्रशिक्षक लुइस डे ला फुएन्तेले खेलाडीहरू सबै सम्मानका हकदार भएको बताएका छन् ।
फिफा विश्वकप २०२६ को सेमिफाइनलमा फ्रान्सलाई हराउँदै फाइनलमा पुगेपछि स्पेनका प्रशिक्षक फुएन्तेले खेलाडीहरुले दिनप्रतिदिन आफ्नो प्रतिभा प्रमाणित गरिरहेको बताएका हुन् ।
‘यी खेलाडीहरू सबै सम्मानका हकदार छन् । उनीहरूले दिनप्रतिदिन आफ्नो प्रतिबद्धता, एकता, उदारता र प्रतिभा प्रमाणित गरेका छन् । उनीहरूले कठिन कामलाई पनि सहज देखाइदिन्छन्,’ उनले भने ।
प्रशिक्षक फुएन्तेले चार वर्षअघि स्पष्ट सोचका साथ यात्रा सुरु गरेको बताए । उनले थपे, ‘हामीले करिब चार वर्षअघि एउटा स्पष्ट सोचका साथ यात्रा सुरु गरेका थियौँ र त्यसै सोचप्रति सधैं प्रतिबद्ध रह्यौँ । आज हामीले विश्वकै उत्कृष्ट राष्ट्रिय टोलीमध्ये एक फ्रान्सको सामना ग¥यौ । तर उनीहरूको अगाडि विश्वकै उत्कृष्ट टोली उभिएको थियो । यही नै फरक हो ।’
प्रतिक्रिया 4