News Summary
Generated by OK AI. Editorially reviewed.- फिफा विश्वकप २०२६ को पहिलो सेमिफाइनलमा स्पेनले फ्रान्सलाई २-० ले पराजित गर्दै फाइनल प्रवेश गरेको छ ।
- निकै प्रतीक्षित खेलमा लामिन यमालसामु किलियन एमबाप्पे फेरि एकपटक निरिह साबित भएका छन् ।
- सन् २०२४ देखि यता नकआउट चरणका विभिन्न प्रतियोगितामा गरी यमालले एमबाप्पेविरुद्धको आफ्नो अपराजित यात्रा ६-० ले कायम राखेका छन् ।
लामिन यमाल ६-० किलियन एमबाप्पे । यो टिमको स्कोर होइन । तर दुई खेलाडीबीचको प्रतिस्पर्धाको स्कोर हो ।
किलियन एमबाप्पेले लामिन यमाललाई नकआउट चरणमा हराउनका लागि अझै पर्खनुपर्ने भएको छ ।
फिफा विश्वकप २०२६ को पहिलो सेमिफाइनलमा लामिन यमाल प्रेरित स्पेनले साविक उपविजेता फ्रान्सलाई २-० ले पराजित गर्दै फाइनल पुगेपछि यमाल विरुद्ध एमबाप्पे नकआउट चरणमा जितविहिन छन् ।
विश्वकप फुटबलका राइजिङ स्टार यमाल र स्टार बनिसकेका एमबाप्पेबीचको भिडन्तमा कसले बाजी मार्ला भनेर धेरेको चासो थियो ।
तर अमेरिकाको डालास स्टेडियममा भएको खेलमा स्पेनले फ्रान्सलाई सहजै हरायो ।
सेमिफाइनलसम्म आइपुग्दा उपाधिको सबैभन्दा बलियो दाबेदार देखिएको फ्रान्स स्पेन सामु भने निरिह जस्तै देखियो ।
यस खेलमा एमबाप्पेको जादु पनि चलेन । फ्रान्सको अट्याक लाइनले पनि खासै केही गर्न सकेन ।
अर्कोतर्फ यमालकै कारण स्पेनले पेनाल्टी पायो र पहिलो गोल गर्यो । मिकेल ओजाबायलले पहिलो हाफमा पेनाल्टीमा गोल गर्दै स्पेनलाई अग्रता दिलाए ।
पेड्रो पोरोले दोस्रो हाफमा स्पेनको लागि दोस्रो गोल गरे ।
सेमिफाइनल अघि नै यमालले फ्रान्स विरुद्ध आफुहरु नडराउने र फ्रान् ने स्पेनसँग डराउनुपर्ने प्रतिक्रिया दिएका थिए । खेल पछि यमालकै भनाई जस्तै भयो नतिजा ।
यस खेलमा यमाल र एमबाप्पेबीचको प्रतिस्पर्धा हेर्न धेरै समर्थन उत्साहित थिए । खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा थियो ।
तर अपेक्षा अनुसारको खेल हुन सकेन भने फ्रान्सका कप्तान तथा स्टार एमबाप्पे पनि छायामा परे ।
यमालले फाइनल सम्म आइपुग्दा एमबाप्पे जस्तो गोल मेसिन बनेका छैनन् । तर महत्वपुर्ण भुमिका निर्वाह गरिरहेका छन् ।
एमबाप्पेले भने फ्रान्सलाई सेमिफाइनलसम्म पुर्याउँदा ८ गोल र ३ असिस्ट गर्दै सर्वाधिक गोलकर्तामा अघि थिए ।
उपाधि देखि सर्वाधिक गोलकर्ता र उत्कृष्ट खेलाडी बन्ने लक्ष्यमा रहेका एमबाप्पेला२ यो हारले धक्का लागेको छ ।
सर्वाधिक गोलकर्तमा अब एमबाप्पेलाई लियोनल मेसी र अन्य खेलाडीले पछि पार्न सक्छन् । मेसीले ८ गोल र १ असिस्ट गरेका छन् ।
इंग्ल्यान्डका जुड बेलिङघम र कप्तान ह्यारी केनले समान ६ गोल गरेका छन् । फाइनल पुगेको स्पेनका मिकेल ओजाबायलले पनि ५ गोल गरिसकेका छन् ।
एमबाप्पेले सन् २०१८ मा पहिलो सहभागितामै फिफा विश्वकपको उपाधि जितेका थिए भने २०२२ को विश्वकपमा फ्रान्स फाइनल पुग्दा सर्वाधिक ८ गोल गरेर गोल्डेन बुटको अवार्ड पनि जितेका थिए ।
यमाल विरुद्ध ६ खेल सम्म जितविहिन एमबाप्पे
राष्ट्रिय टिम देखि फिफा विश्वकपसम्म विभिन्न कीर्तिमान बनाइसकेका एमबाप्पे यमानल विरुद्ध भने छैटौं प्रयासमा पनि सफल हुन सकेन ।
राष्ट्रिय टिम र क्लब लेभमा गरी नकआउट चरणमा भएका ६ खेलमा यमालले एमबाप्पेलाई पछि पारेका छन् ।
युरोपियन महादेशमा हुने राष्ट्रिय टिमको प्रतियोगिता देखि क्लब लेभलमा हुने प्रतियोगिताको नकआउट चरणमा यमालले एमबाप्पेलाई हराउँदै आएका छन् ।
सन् २०२४ को युरोकप सेमिफाइनलमा यमाल सम्मिलित स्पेनले फ्रान्सलाई पराजित गर्दै फाइनल प्रवेश गरेको थियो । जहाँ स्पेन च्याम्पियन नै बन्यो । यस्तै सन् २०२५ को नेसन्स लिग सेमिफाइनलमा पनि स्पेनले फ्रान्सलाई सेमिफाइनलमा पराजित गरेको थियो ।
२०२४ को युरो सेमिफाइनलमा सेपेनले फ्रान्सलाई २-१ ले पराजित गरेको थियो भने २०२५ को नेसन्स कप सेमिफाइनलमा रोमाञ्चक खेलमा स्पेनले फ्रान्सलाई ५-४ ले पराजित गरेको थियो ।
यस्तै क्लब लेभमा यमालको बार्सिलोनाले एमबाप्पेको रियल मड्रिडलाई २०२५ को सुपर कप फाइनल र कोपा डेल रे फाइनल अनी २०२६ को सुपरकोप फाइनलमा पराजित गरेको थियो ।
२०२५ को सुपर कप फाइनलमा बार्सिलोनाले रियल मड्रिडलाई ५-२ ले पराजित गरेको थियो भने कोपा डेल रे २०२५ को फाइनल र २०२६ को सुपरकप फाइनलमा बार्सिलोनाले रियललाई समान ३-२ को अन्तरले पराजित गरेको थियो ।
जारी विश्वकपमा पनि स्पेनले फ्रान्सलाई पराजित गरेपछि यमाल एमबाप्पे माथि अझै हावी बनिरहेका छन् ।
प्रतिक्रिया 4