+
फिफा विश्वकप २०२६ :

फ्रान्सका प्रशिक्षक भन्छन्ः पासहरू मिलाउन केही प्राविधिक गल्तीहरू गर्‍यौं

२०८३ असार  ३१ गते ३:४९ २०८३ असार ३१ गते ३:४९

फिफा विश्वकप २०२६ को पहिलो सेमिफाइनलमा स्पेनसँग पराजित भएसँगै फ्रान्सका प्रशिक्षक डेसचाम्प्सले पासहरू मिलाउन केही प्राविधिक गल्तीहरू भएको बताएका हुन् ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिफा विश्वकप २०२६ को सेमिफाइनलमा स्पेनसँग पराजित भएपछि फ्रान्सका प्रशिक्षक डिडिए डेसचाम्प्सले टोलीको प्रदर्शन सन्तोषजनक नभएको बताएका छन् ।
  • डेसचाम्प्सले भने, ‘हामी चुकेका छौं र आक्रमणमा जति खतरनाक हुनुपर्ने हो, त्यति हुन सकेनौं । हामीले पासहरू मिलाउन केही प्राविधिक गल्तीहरू ग¥यौं ।’
  • प्रशिक्षक डेसचाम्प्सले स्पेनले खेललाई पूर्ण रूपमा आफ्नो नियन्त्रणमा राखेको भन्दै फ्रान्सेली टोली प्राविधिक रूपमा सामान्य स्तरभन्दा कमजोर रहेको स्वीकार गरेका छन् ।

३१ असार, काठमाडौं । फ्रान्सका प्रशिक्षक डिडिए डेसचाम्प्सले स्पेनसँगको खेलमा आक्रमणमा जति खतरनाक हुनुपर्ने हो, त्यति हुन नसकेको बताएका छन् ।

फिफा विश्वकप २०२६ को पहिलो सेमिफाइनलमा स्पेनसँग पराजित भएसँगै फ्रान्सका प्रशिक्षक डेसचाम्प्सले पासहरू मिलाउन केही प्राविधिक गल्तीहरू भएको बताएका हुन् ।

‘यसमा मुख्य गल्ती हाम्रै हो । हामी चुकेका छौं र आक्रमणमा जति खतरनाक हुनुपर्ने हो, त्यति हुन सकेनौं । हामीले पासहरू मिलाउन केही प्राविधिक गल्तीहरू ग¥यौं । जसले गर्दा गोल गर्ने अवसरहरू बन्न सक्थे,’ उनले भने ।

प्रशिक्षक डेसच्याम्प्सले स्पेनले खेललाई पूर्ण नियन्त्रणमा राखेको उल्लेख गरे । उनले भने, ‘खेलाडीहरू स्तब्ध भएका छन् किनभने हाम्रो ठूलो महत्वाकांक्षा थियो । यद्यपि हामीले यो स्वीकार गर्नैपर्छ कि आज हामी प्राविधिक रूपमा हाम्रो सामान्य स्तरभन्दा केही कमजोर रह्यौं । स्पेनले खेललाई पूर्ण रूपमा आफ्नो नियन्त्रणमा राखेको थियो ।’

फिफा विश्वकप २०२६

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय