Comments Add Comment

विराटनगरले गुमायो दुई वरिष्ठ चिकित्सक

८ जेठ, विराटनगर । विराटनगरमा २० दिनको फरकमा दुई वरिष्ठ चिकित्सकको मृत्यु भएको छ । कोशी अञ्चल अस्पताल विराटनगरमा कार्यरत वरिष्ठ हाडजोर्नी रोग विषेशज्ञ डाक्टर मुकुन्द दाहालको मृत्यु भएको २० दिनपछि मंगलबार राति वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर बिमल अग्रवालको मृत्यु भएको हो ।

गत वैशाख १८ गते डाक्टर दाहालको काठमाडौंमा उपचारका क्रममा मृत्यु भएको थियो । मंगलबार राति विराटनगरको नोबेल मेडिकल कलेजमा डाक्टर अग्रवालको मृत्यु भयो ।

दुई डाक्टरको निधनले कोशी अञ्चल अस्पतालाई अपुरणीय क्षति पुगेको कोशी अञ्चल अस्पताल विराटनगरका मेडिकल सुपरीटेण्डेन्ट डाक्टर रोशन पोखरेल बताउँछन् । दुई जनालाई रिप्लेस गर्ने चर्चित विशेषज्ञ नरहेको उनले बताए । चर्चित डाक्टरहरुको निधनले गर्दा सर्वसाधरणले दुःख पाउने सम्भावना बढी रहेको उनले बताए ।

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली पनि विराटनगरलाई ठूलो क्षति पुगेको बताउँछन् । ‘डाक्टर दाहाल र अग्रवाल सामाजिक क्षेत्रमा क्रियाशील हुनुहुन्थ्यो ,’ उनी भन्छन, ‘उँहाहरुको मृत्युले अपुरणिय क्षति पुगेको छ ।’

अग्रवाललाई मस्तिष्कघात, दाहालको शल्यक्रिया बिग्रियो 

वरिष्ठ हाडजोर्नी रोग विशेषज्ञ डाक्टर मुकुन्द दाहालको गत वैशाख १८ गते निधन भएको हो । दिल्लीको एम्स अस्पतालमा टाउकोको अप्रेशन गराउँदा बिग्रिएपछि उनी करिब दुई वर्षयता थला परेका थिए ।

टाउकोको नसामा समस्या भएपछि एम्स अस्पताल भर्ना भएका डाक्टर दाहालको करिब ६ महिना एम्समा उपचार गर्दा सफल नभएपछि काठमाडौं ल्याइएको थियो । काठमाडौंमा उपचारकै क्रममा निधन भएको थियो ।

कोशी अञ्चल अस्पताल विराटनगरका वरिष्ठ हाडजोर्ने रोग विशेषज्ञ डाक्टर दाहाल हाम्रो अस्पताल विराटनगरका संस्थापक अध्यक्ष पनि थिए ।

डाक्टर दाहालको निधन भएको ६ दिन पछि अग्रवाललाई गत वैशाख २४ गते मष्तिष्कघात भएको थियो । पूर्वक्षेत्रका चर्चित बाल रोग विशेषज्ञ डा. बिमल अग्रवालको मंगलबार राति नोबेल मेडिकल कलेज विराटनगर मंगलबार निधन भएको हो । ४३ वर्षीय डा. अग्रवाल पूर्वीक्षेत्र चर्चित बालरोग विशेषज्ञ हुन् । बालबालिका क्लिनिक पनि सञ्चालन गर्दै आएका उनी सामाजिक क्षेत्रमा पनि सक्रिय थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment