+
+

मतगणना चलिरहँदा भाजपा अध्यक्षले गरे दश मिनेटमा पाँच टि्वट

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ ९ गते १७:३२

९ जेठ, काठमाडौं । आफ्नो पार्टीको एकल बहुमत आउने लक्षण देखिएपछि भारतीय जनता पार्टी (भाजपा) का राष्ट्रिय अध्यक्ष अमित शाहले सामाजिक सञ्जालमार्फत मतदातालाई बधाई ज्ञापन गरेका छन् । मतगणना सुरु भएको सात घण्टापछि शाहले टि्वट गरे, ‘फेरि एक पटक मोदी सरकार, धन्यवाद भारत ।’

तीन मिनेटपछि अर्को टि्वट गर्दै उनले आफ्नो गठबन्धनको जीत पुरै भारतको जीत भएको उल्लेख गरे । युवा, गरीब तथा किसानका युवाको जीत भएको उनको दाबी छ । ‘यो भव्य जीत प्रधानमन्त्री मोदीले पाँच वर्षमा गरेको विकास र मजबुत नेतृत्वमा जनताको विश्वासको जीत हो’ शाहले लेखेका छन्, ‘म भाजपाका करोडौं कार्यकर्ताको तर्फबाट नरेन्द्र मोदीलाई हार्दिक बाधाई दिन्छु ।’

शाहको टि्वटको सिलसिला त्यतिमै रोकिएन । तेस्रो टि्वटमा भनिएको छ, ‘जन-जनको विश्वास र अभूतपूर्व विकासको प्रतीकको रुपमा रहेको मोदी सरकार बनाउने भारतका जनतालाई नमन । सबै देशवासीलाई धेरै धेरै बधाई ।’

त्यसपछिको टि्वटमा उनले आफ्नो अथक परिश्रमबाट देशका प्रत्येक बुथमा भाजपालाई मजबुत बनाएर मोदी सरकार बनाएका कार्यकर्तालाई बधाई भनेका छन् ।

पाँचौ टि्वट भने विपक्षीतर्फ लक्षित छ । ‘यो परिणाम विपक्षद्वारा गरिएको दुस्प्रचार, झुठ, व्यक्तिगत आक्षेप र आधारहीन राजनीति विरुद्धको जनादेश हो’ शाह लेख्छन्, ‘आजको जनादेशले के देखाउँछ भारतीय जनता देशबाट जातिवाद, परिवारवाद र तुष्टिकरणलाई पुरै उखलेर फ्याँक्ने तथा विकासवाद र राष्ट्रवादको पक्षमा छन् ।’

पछिल्लो मत परिणाम अनुसार भाजपा सहितको गठबन्धन एनडिएले ३४५ स्थानमा अग्रता लिएको छ । भाजपा एक्लैको २९९ स्थानमा अग्रता छ । २०१४ मा भाजपाले २८२ सिट जितेको थियो ।

कांग्रेस सहितको गठनबन्धन युपिएको ८२ सिटमा अग्रता छ । यसअघिको निर्वाचनमा ४४ स्थानमा जितेको काँग्रेसको ५१ सिटमा अग्रता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?