+
+
Shares

सिंगापुरमा रहेका देउवाले दिए मोदीलाई बधाई

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ १० गते ११:२९

१० जेठ, काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले भारतमा भर्खरै सम्पन्न लोकसभाको निर्वाचनमा भारतीय जनता पार्टीले ठूलो सफलता हासिल गरेकामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहलाई बधाई तथा शुभकामना दिएका छन् ।

देउवाले मोदी र शाहलाई छुट्टाछुट्टै पत्र पठाइ पार्टी र आफ्नो व्यक्तिगततर्फबाट बधाई तथा शुभकामना दिएका हुन् ।

नेपाल र भारतबीच सदियौँदेखि कायम पुरानो सम्बन्ध र मित्रता आगामी दिनमा थप सुदृढ र सार्थक हुँदै जाने सभापति देउवाले पत्रमा उल्लेख गरेका छन् ।

नेपाली काङ्ग्रेस र भाजपा दुवै पार्टीबीचको सम्बन्ध र सहकार्य अझ बलियोे हुनेसमेत देउवाले विश्वास व्यक्त गरेको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?