+
+
Shares

सिरहामा बस र ट्रक ठोक्किए, २ जनाको मृत्यु, २५ घाइते

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ १० गते ११:३३

१० जेठ, लहान । सिरहाको मिर्चैया नजिक मेनरोड सडकखण्डमा गएराति बस र ट्रक आपसमा ठोक्किँदा २ जनाको ज्यान गएको छ । २५ जना घाइते छन् ।

गएराति करीब १०ः२५ बजे पूर्वबाट पश्चिम काठमाडौं हिँडेको ना८ख ९८२ नम्बरको बस र पश्चिमबाट पूर्वतर्फ गइरहेको ना३ख ४२६४ नम्बरको ट्रक एकापसमा ठोक्किँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय, सिरहाले दिएको जानकारी अनुसार, बसमा सवार २५ यात्रु घाइते छन् ।

घाइतेको जिल्लाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । मृतक दुवैको सनाखत नभएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?