+
+
Shares

बेलायती प्रधानमन्त्रीद्वारा राजीनामाको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ १० गते १५:१७

१० जेठ, काठमाडौं । बेलायती प्रधानमन्त्री थेरेसा मे ले राजीनामाको घोषणा गरेकी छन् । उनले आउँदो जुन महिनाको ९ तारेखमा कन्जरभेटिभ पार्टीको नेताको पदबाट राजीनामा दिने बताएकी छन् । पार्टी नेताबाट राजीनामा दिएपछि नयाँ प्रधानमन्त्री चयनका लागि बाटो खुल्नेछ ।

बेलायत युरोपेली युनियनबाट बाहिरिने विषयमा आफूले देशबासीको समर्थन जुटाउन निकै कोशिस गरे पनि असफल भएको उनले बताएकी छन् । अब नयाँ प्रधानमन्त्रीले उक्त प्रयास जारी राख्ने प्रधानमन्त्री मेले बताएकी छन् ।

थेरेसा मे ले आफूले पद छाड्ने विषयमा कन्जरभेटिभ पार्टीका नेताहरुको समर्थन रहेको पनि बताएकी छन् । एक भावुक सम्बोधनमा उनले प्रधानमन्त्री भएर काम गर्नु आफ्नो जीवनको सबैभन्दा खुशीको क्षण रहेको बताएकी छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?