Comments Add Comment

साढे १ लाख घुससहित नापी सर्वेक्षक पक्राउ

१० जेठ, काठमाडौं । नापी कार्यालय साँखु,काठमाडौंका सर्वेक्षक र एकजना लेखापढी व्यवसायीलाई अख्तियारको टोलीले घुससहित नियन्त्रणमा लिएको छ ।

नापी सर्वेक्षक श्यामकृष्ण न्यौपाने र लेखापढी व्यवसायी विष्णु केसीलाई एक लाख ५० हजार घुससहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जानकारी दिएको हो ।

जग्गा हालसाविक गर्ने प्रयोजनका लागि घुस मागेको सूचनाका आधारमा अख्तियारको कार्यालय टंगालबाट खटिएको टोलीले दुबैजनालाई कार्यालय परिसरबाटै नियन्त्रणमा लिइएको अख्तियारले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment