
१० जेठ, काठमाडौं । ७ करोड ७६ लाख नक्कली भारुसहित पक्राउ परेका युनुस अन्सारीलाई प्रहरीले सार्वजनिक गरेको छ ।
अन्सारीसहित ६ जना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका थिए । तीन जना पाकिस्तानी नागरिकलाई लिन पुगेका युनुसलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले शुक्रबार नै उनीहरुलाई सार्वजनिक गरेको छ । पत्रकार सम्मेलनमा उपस्थित गराउँदा अन्सारीले भने मास्क लगाएका थिएनन् । प्रहरीले आग्रह गर्दासमेत नमानेको बताइएको छ ।
अभियुक्त सार्वजनिक गर्दा प्रहरीले मास्क लगाइदिने गरेको छ । किन मास्क नलगाएको भन्ने प्रश्नमा अन्सारीले भने, ‘मैले मास्क लगाउनुको अर्थै छैन ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4