+
+

जनप्रतिनिधिले विकासको झण्डा बोक्नुपर्छ : मुख्यमन्त्री राउत

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ १० गते १८:२३

१० जेठ, महोत्तरी (बर्दिवास) । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विकास निर्माणको सवालमा एक जुट भएर अघि बढन स्थानीय तहका प्रमुखहरुलाई आग्रह गरेका छन् ।

महोत्तरीको बर्दिवासमा भौतिक पूर्वाधार विकास मन्त्रालयले आयोजना गरेको सोलार उर्जा सम्बन्धी अन्तर्क्रियामा उनले जनप्रतिनिधिलाई विकासको झण्डा बोकेर अघि बढ्न आग्रह गरे ।

प्रदेश २ मा उर्जाको प्रमुख आधार सोलार नै रहेको उल्लेख गर्दै उनले भने, ‘थुप्रै लगानीकर्ताहरु यस प्रदेशमा लगानी गर्न इच्छुक छन्, हामीले जग्गा उपलब्ध गराउनु पर्दछ । त्यसमा यहाँहरुलाई हातेमालो गर्न आवश्यक छ ।’

सौर्य ऊर्जा उत्पादन गर्ने स्थानीय तहमा रोजगारी सिर्जनासमेत हुने भन्दै मुख्यमन्त्री राउतले स्थानीय तहसँग भएका सार्वजनिक जग्गाको अभिलेख प्रदेश सरकारलाई बुझाउन आग्रह गरे ।

प्रदेश २ मा चौधरी गु्रपले एक वर्ष भित्र २०० मेगावाट सोलार विद्युत उत्पादन गर्ने सम्झौता गरिसकेकोले जग्गा उपलब्धताका लागि प्रदेश सरकारले पहल सुरु गरेको कार्यक्रममा जानकारी गराइसकेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?