
१२ जेठ, काठमाडौं । निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्य प्रसाद ढकाल सवारी दुर्घटनामा गम्भीर घाइते भएका छन् ।
उनी सवार बा.१ ज ५१२९ नम्बरको सरकारी गाडी इनरुवाबाट काठमाडौं फर्कने क्रममा गत बिहीबार राति काभ्रेको भकुन्डेबेसीमा दुर्घटना भएको थियो ।
ढकालको सिभिल अस्पतालमा शल्यक्रियापछि अवस्था सुधार हुँदै गएको छ । बिहीबार मध्यरातमा घटनास्थलबाट स्थानीय प्रशासनको सहयोगमा उनलाई एम्बुलेन्सबाट बानेश्वरस्थित सिभिल अस्पतालमा ल्याइएको थियो ।
उनीसँगै गाडीमा सवार नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय उपाध्यक्ष बैकुन्ठ गुरागाईको पनि छातिमा चोट लागेको छ ।
उनको आइतबारको राउन्ड टोलीको निरीक्षण पश्चात जनरल वार्डमा लान सकिने र करिब १ हप्ता भित्र डिस्चार्ज हुन सक्ने कुरा निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनका कार्यालय सचिव पुरुषोत्तम भट्टले जानकारी दिए ।
प्रतिक्रिया 4