Comments Add Comment

पल्सर स्पोर्टस् अवार्ड असार १७ गते

१२ जेठ, काठमाडौं । नेपाल पत्रकार मञ्च (एनएसजेएफ)ले यस वर्षको पल्सर स्पोटर््स अवार्ड असार १७ गते वितरण गर्ने भएको छ । आयोजना हुने भएको छ ।

आइतबार आयोजित पत्रकार सम्मेलनमा मञ्चले १६ औं संस्करणको अवार्डको मिति घोषणा गरेको हो । आइतबार नै मञ्च र अवार्डको मुख्य प्रायोजक हंशराज हुलासचन्द एण्ड कम्पनीबीच प्रायोजन सम्झौता भएको छ ।

सम्झौताअनुसार अवार्डका लागि मुख्य प्रायोजक हंशराज हुलासचन्द एण्ड कम्पनीले साढे २८ लाख रुपैयाँ बराबरको नगद र जिन्सी उपलब्ध गराउनेछ । उक्त सम्झौतामा मञ्चका अध्यक्ष दुर्गानाथ सुबेदी (देबेन्द्र) र प्रायोजक संस्थाका निर्देशक अभिमन्यु गोल्छाले हस्ताक्षर गरे ।

२०६० सालदेखि निरन्तर अवार्ड गर्दै आएको मञ्चले यो वर्ष एक विधा थप गर्दै १० विधामा अवार्ड वितरण गर्ने भएको छ । यस वर्ष इन्टरनेसनल एसियन स्पोर्टस् जर्नालिस्ट अवार्डको विधा थप गरिएको मञ्जले जनाएको छ ।

यसअघि मञ्चले वर्षका उत्कृष्ट पुरुष र महिला खेलाडी, युवा वर्ष खेलाडी, वर्ष प्रशिक्षक, पिपुल्स च्वाइस अवार्ड, पारा एथलिट, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र टिम अफ द इयर गरी ९ विधामा खेलाडी, प्रशिक्षक, पुराना खेलकर्मीलाई अवार्ड प्रदान गर्दै आएको थियो ।

केही दिनमै महिला र पुरुष वर्ष खेलाडी, युवा, प्रशिक्षक, पिपुल्स च्वाइस र स्पेसल अवार्डका लागि खेलाडीको मनोनयन चाँडै सार्वजनिक गर्ने पनि मञ्चले जानकारी दिएको छ ।

वर्ष खेलाडीको पुरुष र महिला, पिपुल्स च्वाइस र प्रशिक्षकको गरी चार विधाका विजेताले पल्सर मोटरसाइकल पाउनेछन् । अन्य विधाका विजेताले जनही ५० हजार रुपैयाँ पाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment