Comments Add Comment

ओमानमा दुई नेपाली महिलाको शंकास्पद मृत्यु

युएई । वैदेशिक रोजगारका लागि ओमान पुगेकी एक नेपाली महिलाको हत्या भएको छ भने अर्की एक महिलाको शंकास्पद मृत्यु भएको छ ।

मोरङको लेटाङकी अप्सरा दाहालको हत्या भएको  नेपाली दूतावास ओमानले जनाएको छ । यो घटना गएको यही जेठ ३ गते भएको हो। चक्कु लागेर घाइते भएकी अप्सराको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको दूतावासले जनाएको छ ।

अप्सरा एक बंगाली नागरिकसँग बस्दै आएकाले हत्यामा बंगाली नागरिक नै संलग्न भएको शंका गरिएको छ ।

दाहाल ओमानको सलाहमा बस्दै आएकी थिइन् । घट्नास्थल राजधानी मस्कटबाट केही टाढा भएकाले दूतावास प्रतिनिधि पुगेर थप जानकारी लिने प्रयास भइरहेको  नेपाली राजदूतावास ओमानले बताएको छ ।

यस्तै बर्दिवासकी सुनिता सार्कीको शंकास्पद मृत्यु भएको छ । सार्की झुन्डिएको अवस्थामा फेला परेको दूतावासले जनाएको छ।

झुण्डिएको अवस्थामा फेला परेकी सुनिताको मृत्यु शंकास्पद छ । झुण्डिएको शवले भुँइ छोएको थियो । उनी  भिजिट भिसामा ओमानमा घरेलु कामदारको रुपमा काम गर्दै आएकी थिइन्  ।

अप्सरा र सुनिता दुवै जना काम गर्ने ठाउँबाट भागेर बंगाली नागरिकसँग बस्दै आएको दूतावासले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment