+
+

राजनीतिबाट निराश करिश्मा, बाबुरामको पार्टी छाडिन्

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ १३ गते १३:४९

केही बर्ष पहिले काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै नायिका करिश्मा मानन्धरलाई नयाँ शक्ति पार्टीमा प्रवेश गराउँदै गर्दा यसका संयोजक डाक्टर बाबुराम भट्टराईमा जुन खालको मुस्कान छल्किएको थियो, त्यस्तै खुशी नायिका मानन्धरमा पनि थियो ।

नयाँ शक्ति पार्टीको विकास र विस्तारका लागि नायिका मानन्धर गाउँगाउँ सम्म पुगिन् । तर, उनको खुशी राजनीतिक हिसाबले लामो समयसम्म रहन सकेन । नायिका मानन्धरले नेपालको राजनीति एकदमै बुझ्न नसकिने रहेको भन्दै आफूलाई एकदमै गाह्रो भएको बताएकी छिन् । उनले राजनीतिमा पोजिसन विना आइडिया शेयर गर्न पनि नसकिने भन्दै पदका लागि हुने द्वन्द्व आफ्ना लागि नसुहाउने रहेछ समेत भनेकी छिन् ।

नयाँ पत्रिकासँग कुरा गर्दै नायिका मानन्धरले आफूले नयाँ शक्ति पार्टीमा गएर धेरै कुरा सिकेको भन्दै घुमाउरो तरिकाले अब यो पार्टी छाडेको बताएकी छिन् । उनले, नयाँ शक्ति पार्टी र फोरमको एकीकरण हुनुलाई राम्रो भन्दै यो नयाँ पार्टीमा आफू सामेल हुनैपर्छ भन्ने नरहेको पनि बताएकी छिन् । उनको यो कुराले पनि उनले अब राजनीतिलाई नयाँ चिराबाट अगाडि बढाउन चाहेको बुझ्न सकिन्छ ।

उनले, कुनै पनि पार्टीमा आबद्ध भएर मात्रै राजनीति नहुने भन्दै स्वतन्त्र रुपमा ललितपुर (करिश्माको क्षेत्र) बाट चुनाव लड्न सक्ने पनि उल्लेख गरेकी छिन् । उनले थपडी बजाउनका लागि मात्र राजनीति नगर्ने भन्दै अब आफ्नो भूमिका खोज्ने बताएकी छिन् । अभिनेत्री मानन्धरले अब कसैको बाँसुरी बजाएर नहिड्ने समेत बताएकी छिन् । पदको लोभमा नलाग्दा कसैको नराम्रो कामको विरोध गर्न पनि गाह्रो नहुने करिश्माको तर्क छ ।

करिश्माले डा. बाबुराम भट्टराइको पार्टी र उपेन्द्र यादवको पार्टी एकीकरणपछि बनेको नयाँ पार्टीमा सहभागी नहुने र कसैको बाँसुरी नबजाउने स्पष्ट पारेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?