+
+

बसले मोटरसाइकललाई ठक्कर दिँदा सप्तरीमा २ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ १३ गते १८:३०

१३ जेठ, सप्तरी । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिकास्थित कठौना बजारमा सोमबार दिउँसो भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बसले विपरीत दिशातर्फ आएको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सबार दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा सप्तरीको खडग नगरपालिका-४ बस्ने २६ वर्षीय नवीन चौधरी र सिरहाको लहान नगरपालिका १२ बस्ने २७ वर्षीय ओमप्रकाश चौधरी छन् ।

नवीनको घट्नास्थलमै र गम्भीर घाइते भएका ओमप्रकाशलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको सप्तरीका प्रहरी प्रबक्ता डीएसपी भावेश रिमालले जानकारी दिए ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना५ख ४६९२ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको स९प ६१८३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?