Comments Add Comment

प्रधानमन्त्री कप : प्रदेश ३ सँग गण्डकी पराजित

१४ जेठ, काठमाडौं । प्रदेश ३ ले प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता गण्डकी प्रदेशलाई पराजित गरेको छ ।

टियु क्रिकेट मैदानमा आज भएको खेलमा प्रदेश तीनले गण्डकी प्रदेशलाई सात विकेटले पराजित गरेको हो । १०९ रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ गरेको प्रदेश ३ ले २२.२ ओभरमा तीन विकेटको क्षतिमा लक्ष्य भेटायो ।

प्रदेश ३ का लागि आदिल खानले अविजित ३८ रन बनाए भने इशान पाण्डे २६ रनमा नटआउट रहे । यसअघि रित गौत्तम २० र रविन जोशी ११ रनमा आउट भएका थिए । बलिङतर्फ किशोर महत्तोले दुई विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको गण्डकी प्रदेशले ३०.१ ओभरमा सबै विकेटको क्षतिमा १०८ रन मात्रै बनाएको थियो । गण्डकीका लागि सुमा घिमिरेले ३४, आकास थापाले २८ र राहुल शर्माले १२ रन बनाएका थिए ।

बलिङतर्फ कप्तान पारस खड्का र सूर्य तामाङले समान ४–४ विकेट लिए । त्यस्तै, दुई विकेट भने नन्दन यादवको नाममा रह्यो ।

आफ्नो पहिलो खेलमा एपीएफसँग हार ब्यहोरेको प्रदेश ३ ले दोस्रो खेलमा प्रदेश ५ लाई पराजित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment