+
+

राष्ट्रपतिबाट माधव राईसहित ४३४ कैदीको सजाय माफ

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ १५ गते ७:३१

१५ जेठ, काठमाडौं । गणतन्त्र दिवसको अवसरमा ४ सय ३४ कैदीलाई सजायँ माफी दिइएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र दिवसमा ४३४ कैदीलाई सजायँ माफी दिएकी हुन् ।

माधव राईसहितका कैदीलाई माफी दिइएको राष्ट्रिय समाचार समितिले जनाएको छ ।

असल चालचलन भई कैद सजाय छोट्याउन योग्य र उपयुक्त देखिएकालाई नेपालको संविधानको धारा २७६ बमोजिम राष्ट्र प्रमुखले माफी दिने परम्परा छ ।

यसैबीच राष्ट्रपति विद्या भण्डारीले गणतन्त्र दिवसको अवसरमा पहिलो र दोस्रो संविधानसभाका सभासदहरुलाई पदकसहित सम्मान पनि गर्दै छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?