
नायिका विनिता बरालले बिहे गरेकी छिन् । अमेरिकामा रहेकी नायिका बरालले प्रेमी तिलक पौडेलसँग बिहे गरेकी हुन् । उनीहरुले केही समय अगाडि मात्र इन्गेजमेन्ट गरेका थिए । विनिताले सामाजिक संजालमा तस्वीर शेयर गर्दै बिहे गरेको जानकारी दिएकी छिन् । उनले पश्चिम भर्जिनियामा रहेको ‘बृन्दावन मन्दिरमा’ बिहे गरेको उल्लेख गरेकी छिन् ।
चलचित्र ‘चपली हाइट’ खेलेपछि चर्चामा रहेकी विनिता पछि कृषी पेशामा लागेकी थिइन् । कृषी पेशामा लाग्दै गर्दा उनी अध्ययनको सिलसिलामा अमेरिका पुगेकी थिइन् । उनी र तिलक केही बर्षदेखि प्रेम सम्बन्धमा थिए ।
तस्वीरः विनिताको फेसबुकबाट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4