Comments Add Comment

भारतका कप्तान विराट कि धोनी ?

१५ जेठ, काठमाडौं । विश्वकप क्रिकेटले अबको करिब एक महिना सबैको ध्यान केन्द्रित गर्नेछ । तेस्रो पटक उपाधि जित्ने लक्ष्यसहित इंग्ल्यान्ड पुगेको भारतीय टिमको नेतृत्व कसले गर्दैछन् ? विराट कोहली वा महेन्द्रसिंह धोनी ?

मे ३० बिहीबार (भोलि)देखि इंग्ल्यान्ड र वेल्समा संयुक्तरुपमा विश्वकप क्रिकेट सुरु हुदैछ । उद्घाटन खेलमा भोलि घरेलु टोली इंग्ल्यान्डले दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गरेपनि भारतको आफ्नो पहिलो खेल भने जुन ५ तारिखमा दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्नेछ ।

दक्षिण अफ्रिकाविरुद्ध मैदानमा छिर्दै भारत विराट कोहलीको कप्तानीमा मैदानमा छिर्दैछ । तर भारतको कप्तान महेन्द्रसिंह धोनी की विराट कोहली ? यो प्रश्न बारम्बार उठ्ने गर्दै आएका छन् ।

सन् २०११ को विश्वकप आफ्नै कप्तानीमा जिताएका धोनी सन् २०१५ को विश्वकपमा भने उपाधि दिलाउन चुके । त्यसपछि उनको निकै आलोचना भयो पछि उनले कप्तानबाट सन्याास पनि लिए । अहिले भारतीय क्रिकेट टिमका कप्तान विराट छन् । तर मैदानमा सबै नेतृत्व अझै धोनीले नै गर्ने गरेका छन् ।

विराट कोहली भारतीय टिमका घोषित कप्तान हुन् भने धोनी अघोषित कप्तान । यो कुरामा टिममै परेका युजभिन्द्र चाहाल पनि सहमत छन् । उनले केही दिनअघि भनेका थिए, ‘धोनी हाम्रो कप्तान नै हुन् । उहाँसँग खेल्दा राम्रो लाग्छ ।’

धोनीको अन्डरमा विराटले दुई वटा विश्वकप खेले भने अन्य थुप्रै अन्तर्राष्ट्रिय खेल खेले । अहिले धोनी विराटको नेतृत्वामा खेल्दैछन् । तर प्राय सबैलाई लाग्छ धोनी नै असली कप्तान हुन् । भारतीय क्रिकेट टिमका अधिकांश खेलाडी विराट कप्तान भएपनि धोनीले नै नेतृत्व गर्ने गरेको स्वीकार्छन् ।

सुरेश रैना भारतले सन् २०११ को विश्वकप जित्दाका एक महत्वपूर्ण सदस्य थिए । राम्रो खेल्दा खेल्दै टिममा नपरेका सुरेश रैनाले त झनै विराट पेपरको कप्तान तर मैदानमा धोनी कप्तान भएको बताएका छन् ।

इन्डिया टु डेलाई अन्तरवार्ता दिने क्रममा उनले यस्तो प्रतिक्रिया दिएका हुन् । ‘पेपरमा उहाँ कप्तान छैनन् । तर मैदानमा धोनी सधै कप्तान नै हुन् ।’

३७ वर्षीय धोनी भारतलाई फेरी विश्वकपको उपाधि दिलाएर खेलाडी जीवनबाट बिट मार्न चाहन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment