१५ जेठ, भोजपुर । नेपाली समाजमा एउटा भनाइ नै छ– कुपुत्र हुन्छ तर कुमाता कहिल्यै हुँदैन । तर, भोजपुर जिल्ला सदरमुकाम भोजपुर बजारमा एउटी आमाले दशधारा दुध खुवाएर हुर्काउदै गरेको आफ्नै अवोध सन्तानको पाशविक हत्या गरेकी छन् ।
२५ वर्षीय सम्झना थापा कति क्रुर आमा बनिन् भने उनले मंगलबार विहान २२ महिनाको छोरालाई अचानोमा घाँटी छिनाएर दुई टुक्रा पारिन् । उनले बच्चा रोएर हैरान बनाएकोले हत्या गरेको प्रारम्भिक बयान दिएको जिल्ला प्रहरी प्रमुख केशवकुमार थेबेले बताए ।
‘बच्चा मारेपछि सम्झनालाई पछुतो भएको छ’, डीएसपी थेबेले भने, ‘उनलाई डिप्रेशन भएको सूचना परिवारबाट आएको छ, तर यो नै घट्नाको प्रमुख कारण नभएकोले थप अनुसन्धान भइरहेको छ ।’
बालकका बाबु सूर्य थापा लघुवित्त कम्पनीमा काम गर्छन् । पहिले सदरमुकाममै काम गरेका उनी सेवासुविधा बढ्ने शर्तमा जिल्लाको दक्षिणी केन्द्र घोडेटार बजार सरुवा भएका थिए । उनी विदामा घर आउ–जाउ गर्थे ।
सूर्यका अनुसार, सम्झनाले उनलाई मंगलबार विहानै फोन गरेकी थिइन् । ‘बेलुकासम्म जसरी पनि घर आउनु भन्दैथिन्’, उनले भने, ‘काम धेरै भएकोले अहिले विदा मिल्दैन एक–दुई दिनमा आउँछु भनेर फोन काटेको एकछिनमा यस्तो सुन्नुपर्यो ।’
छिमेकमै रहेका भिनाजु रमन राईले त्यो बिहान आफू घरबाट बाहिदा सम्झनाले निकै सोधिखोजी गरेको बताए । उनले भने, ‘अरु बेला त्यसरी सोधिखोजी नगर्ने मान्छेले मंगलबार बिहान कहाँ, किन जान लागेको कतिबेला फर्कने भन्दै सोधेकी थिइन् ।’
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4