+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

कांग्रेसले गर्‍यो सांसदलाई ६ करोड बाँड्ने योजनाको विरोध

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ १७ गते १८:०१

१७ जेठ, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले सांसदलाई ६ करोड बाँड्ने योजनाको विरोध गरेको छ ।

सुशील कोइराला प्रधानमन्त्री भएको बेला पूर्वाधार विकास कोष सुरु भएको थियो । स्थानीय जनप्रतिनिधि नभएकाले यो कार्यक्रम सुरु गरिएको भन्दै कांग्रेसले अहिले आवश्यक नभएको बताए ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा ‘छाया अर्थमन्त्री’ डा. मिनेन्द्र रिजालले भने, ‘यो बेलामा सांसदले तजविजी अधिकार प्रयोग गरेर योजना छान्न जरुरी छैन ।’

कांग्रेसले विरोध मात्र गर्छ कि ६ करोड लिन्न पनि भन्छ भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा उनले भने, ‘तपाईहरुले जिज्ञासा राख्नु, सुझाव दिनु उचित हो । हेर्दै जानुस् अगाडि कसरी जान्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?