+
+

अष्ट्रियाको भ्रमण सकेर उपराष्ट्रपति स्वदेश फर्किँदै

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ १८ गते ५:४५

१८ जेठ, काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ अष्ट्रियाको भ्रमण सकेर शनिबार दिउँसो नेपाल आउँदैछन् । स्थानीय समय अनुसार शुक्रबार राति १०:५५ को कतार एयरको उडानबाट भियनाबाट दोहा प्रस्थान गरेका उपराष्ट्रपनि पुन शनिबार दिउँसो ३:२५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने उडान तालिका छ ।

उपराष्ट्रपति पुन अष्ट्रियाका राष्ट्रपति अलेक्जेण्डर भान दर बेलेनको निमन्त्रणामा भियनामा जेठ १४ गते आयोजित जलवायु सम्बन्धी आर-२० अष्ट्रियन विश्व शिखर सम्मेलनमा सहभागी हुन जेठ १२ गते अष्ट्रिया गएका थिए ।

उपराष्ट्रपति अष्ट्रियामा रहँदा जेठ १३ गते अष्ट्रियाका राष्ट्रपति अलेक्जेण्डर भान दर बेलेनसँग दुईपक्षीय भेट वार्ता गरेका थिए । उनले जेठ १४ गते जलवायु सम्बन्धी आर-२० अष्ट्रियन विश्व शिखर सम्मेलनमा उपस्थित भएर समूहगत छलफलमा भाग लिएका थिए ।

उपराष्ट्रपति पुन अष्ट्रियाको टेरोल प्रान्तको इन्सब्रुक सहरमा भियनास्थित नेपाली राजदूतावासले आयोजना गरेको अन्तर्राष्ट्रिय सगरमाथा दिवसमा पनि सहभागी भएका थिए ।

भ्रमण टोलीमा उपराष्ट्रपतिकी पत्नी हस्तमाली पुन, वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेत, उपराष्ट्रपतिका निजी सचिव सुकबहादुर रोका, अष्ट्रियाका लागि नेपाली राजदूत प्रकाश कुमार सुवेदी, परराष्ट्र मन्त्रालयका सहसचिव भरतराज पौड्याल, उपराष्ट्रपतिको कार्यालयका सहसचिव तेजराज आचार्य लगायत सहभागी छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?