Comments Add Comment

दक्षिण अफ्रिकाको मन्त्रिपरिषदमा ५० प्रतिशत महिला, एक मन्त्री विपक्षी पार्टीबाट पनि

१८ जेठ, काठमाडौं । दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले आफ्नो नयाँ मन्त्रीमण्डलमा ५० प्रतिशत महिला सहभागीता गराएका छन् । २८ सदस्यीय मन्त्रीमण्डलमा एक जना मन्त्री त विपक्षी पार्टीको समेत छिन् ।

रामाफोसाले विपक्षी पार्टीकी अनुभवी नेतृ पेट्रिसिया डे लीलीलाई मन्त्रीमण्डलमा समावेश गराएको बीबीसीले जनाएको छ । उनले गुड पार्टीबाट चुनाव जितेकी थिइन् । केपटाउनकी पूर्वमेयरसमेत रहेकी उनलाई पूर्वाधार विकास मन्त्रालयको जिम्मा दिइएको छ ।

पेट्रिसिया डे लीली

८ मेमा भएको चुनावमा रामाफोसाको पार्टी अफ्रिकन नेशनल कांग्रेसले चुनाव जितेको थियो । त्यसपछि रामाफेसाले अघिल्लो पटकको ३६ सदस्यीय मन्त्रीमण्डललाई घटाएर २८ सदस्यीय मन्त्रीमण्डल गठन गरेका हुन् । मन्त्रीमण्डलमा ५० प्रतिशत महिला सहभागीता दक्षिण अफ्रिकाको इतिहासमै पहिलोपटक हो ।

दक्षिण अफ्रिकाका पत्रकार वेराश्नि पिल्लेले बीबीसीसँग भनेका छन्, ‘क्याबिनेटमा आधा सिट महिलालाई दिनु सुखद आश्चर्य हो । यो कदमले देशको नेतृत्व बुद्धिमान छ भन्ने कुरा देखाउँछ ।’

दक्षिण अफ्रिकाको नयाँ मन्त्रीमण्डलमा भारतीय मूलका प्रवीण गोर्धन र इब्राहिम पटेल पनि छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment