Comments Add Comment

श्रीलंकामाथि न्यूजिल्याण्डको १० विकेटको जित

काठमाडौं । विश्वकप क्रिकेटमा न्यूजिल्याण्डले श्रीलंकामाथि १० विकेटको शानदार जित हात पारेको छ ।

श्रीलंकालाई १३६ रनमा अलआउट गरेको उसले मात्र १६.१ ओभरमा विकेट नगुमाई लक्ष्य भेट्टायो । उसका मार्टिन गुप्टिल ७३ र कोलिन मुन्सो ५८ रनमा अविजित रहे ।

यसअघि कार्डिफमा टस हारेर ब्याटिङ गरेको श्रीलंकाको सुरुवात निकै खराब रह्यो । मात्र चार रन जोड्दा लाहिरु थिरिमानेलाई गुमाएको श्रीलंकाले २९.२ ओभरमा १३६ रन बनाउँदा सबै विकेट गुमायो ।

उसका लागि कप्तान दिमुथ करुणारत्नेले अविजित ५२ रन बनाए पनि अरु ब्याट्सम्यान चल्न सकेनन् ।

श्रीलंकालाई सस्तैमा समेट्ने क्रममा म्याट हेनरी र लोकी फर्गुसनले समान ३–३ विकेट लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment