Comments Add Comment

नेपालले आज मलेसियासँग खेल्दै

१९ जेठ, काठमाडौं । नेपालले आज मलेसियासँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल खेल्दैछ ।

नेपालले नेपाली समय अनुसार सात बजेर ४५ मिनेटमा मलेसियासँग प्रतिस्पर्धा गर्दैछ । घरेलु टोली मलेसिया नेपालभन्दा निकै बलियो टिम हो । तर मलेसियालाई उसैको घरेलु मैदानमा पराजित गर्ने नेपालको लक्ष्य रहेको छ ।

यसअघि नै प्रशिक्षक योहान कालिनले नेपाल मलेसियाविरुद्ध खेल्न तयार रहेको भन्दै स्पष्ट जितको खोजिमा हुने बताएका छन् ।

मलेसियासँग खेलेपछि नेपालले यही जुन ६ तारिखमा चाइनिज ताइपेसँग प्रतिस्पर्धा गर्दैछ ।

नेपाली फुटबल टिम

गोलकिपरः किरण चेम्जोङ, एलन न्यौपाने, विकेश कुथु

डिफेन्सः विराज महर्जन -कप्तान), सरोज दाहाल, रन्जित धिमाल, सुमन अर्याल, अनन्त तामाङ, अजित भण्डारी, देवेन्द्र तामाङ, रवि सिलवाल

मिडफिल्ड/फरवार्डः सुनिल बल, रवि पासवान, सुजल श्रेष्ठ, विशाल राई, रोहित चन्द, विक्रम लामा, सन्तोष तामाङ, तेज तामाङ, विमल राना, नवयुग श्रेष्ठ, अभिषेक रिजाल र अञ्जन विष्ट ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

छोरा ! उठ न

Advertisment