Comments Add Comment

प्रहरीको भेषमा सुन लुटपाटको योजना ! ७ जना पक्राउ

१९ जेठ, बारा । काठमाडौंबाट महोत्तरीको जलेश्वरका लागि छुटेको रात्रीकालिन बसलाई नियन्त्रणमा लिएर डकैती गरेको आरोपमा ७ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सर्लाहीका दिलकुमार दोङ्ग, विजय लामा, सिन्धुलीका टाइगर भनिने सुनिल तामाङ, संघर्ष थिङ, रौतहटका ज्ञानबहादुर थिङ, काभ्रेका विशाल पाखि्रन र महोत्तरीका रमेश कुमार छन् ।

जिल्ला प्रहरी कार्यालय, बाराको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । गत शुक्रबार बिहान अन्दाजी ३ बजे उनीहरुले बारा-१६, चौध किलोको जंगलमा नियन्त्रणमा लिएर डकैती गरेका थिए । बाराका प्रहरी प्रमुख सानुराम भट्टराईका अनुसार उनीहरुले ना ७ ख २७९० नम्बरको बसलाई बा ७ च ४८७६ नम्बरको स्र्कोर्पियो गाडीले छेकेका थिए ।

स्कर्पियोसँगै ज १२ प ४६८० र बा ८६ प ९७७१ नम्बरको पल्सर मोटरसाइकलमा समेतमा आएका उनीहरुले यात्रुको खनतलासी गरेका थिए । ‘परिचालकलाई कुटपिट गरेर उनीसँग भएको ४५ हजार नेपाली रुपैयाँ र भारु दुई हजार लगेका थिए’, प्रहरी उपरीक्षक (एसपी) भट्टराईले भने, ‘एउटा स्यामसुङ मोबाइल पनि लुटेका थिए ।’

सुन नभेटेपटि कुटपिट

अनुसन्धान स्रोतका अनुसार पक्राउ परेका व्यक्तिहरुले आफूलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को प्रहरी भएको परिचय दिएका थिए ।

स्रोत भन्छ, ‘बसमा सुन जाँदैछ भन्ने सूचनामा उनीहरुले गाडीलाई फलो गरेर प्रहरीको परिचयमा लुटपाट गर्न खोजेका थिए ।’

तर, सुन नभेटेपछि सहचालकमाथि कुटपिट गरेको प्रहरीको निष्कर्ष छ । उनीहरुले पत्लैयादेखि गाडीलाई पछ्याएको अनुसन्धानबाट खुलेको छ ।

पक्राउ परेका मध्ये केही व्यक्ति यसअघि विभिन्न रेस्टुरेन्टमा बाउन्सरको रुपमा काम गर्ने गरेको खुलेको छ । थप अनुसन्धान जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

छोरा ! उठ न

Advertisment