+

विश्वकप क्रिकेट : बंगलादेशद्वारा दक्षिण अफ्रिकालाई ३३१ रनको लक्ष्य

२०७६ जेठ  १९ गते १९:१७ २०७६ जेठ १९ गते १९:१७
विश्वकप क्रिकेट : बंगलादेशद्वारा दक्षिण अफ्रिकालाई ३३१ रनको लक्ष्य

१९ जेठ, काठमाडौं । विश्वकप क्रिकेटमा बंगलादेशले दक्षिण अफ्रिकालाई ३३१ रनको लक्ष्य पेश गरेको छ ।

लण्डनमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले दक्षिण अफ्रिकालाई ठूलो रनको चुनौती दिएको हो । बंगलादेशले पूरै ५० ओभरमा ६ विकेटको क्षतिमा ३३० रन बनाएको हो ।

बंगलादेशका लागि मुश्फ्रिक्युर रहिमले ७८ रन बनाए । त्यस्तै, शकिब अल हसनले ७५ रन बनाएका थिए । यता, अविजित रहेका मोहमुदुल्लाहले ३३ बलमा तीन चौका र एक छक्का प्रहार गर्दै ४६ रन बनाए । ओपनर सौम्या सरकारले ४२ रन बनाउँदा मोसादक हुसेनले २६ र मोहम्मद मिथुनले २१ रन बनाए ।

राम्रो सुरुवात गरेको बंगलादेशले पहिलो विकेट ६० रन हुदा गुमाएको थियो । तेस्रो विकेटका लागि बंगलादेशका मुश्फ्रिक्युर रहिम र शकिब अल हसनले १४२ रनको साझेदारी गरे । बलिङतर्फ इमरान ताहिर, क्रिस मोरिस र एन्डिल फेहलुकवायोले समान २-२ विकेट लिए ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय