Comments Add Comment

हुरीले उडाएको छानोले च्यापिएर बालिकाको मृत्यु

१९ जेठ, नवलपरासी । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिकामा हावाहुरीले उडाएको छानोले च्यापिएर एक जनाको मृत्यु भएको छ ।

विनयी त्रिवेणी गाउँपालिका ७ ठुलो वैराज पुलमा हावाहुरीले उडाएको छानोले च्याप्दा स्थानीय ७ वर्षकी अन्जनीकुमारी यादवको मृत्यु भएको हो ।

पुलमा खेलिरहेकी बालिकाको त्रिवेणी बजारमा रहेको पसलहरुको छानोले च्यापिएर मृत्यु भएको प्रहरीले जानकराी दिएको छ ।

आइतबार साँझ साढे पाँच बजेतिर त्रिवेणीमा आएको हावाहुरीले त्रिवेणी पुल नजिकै रहेका करिब ६०÷७० वटा पसलहरुको छानो उडाएको छ भने एक दर्जन रुख ढलेका छन् ।

हावाहुरीले त्रिवेणी गण्डक पुल नजिकै रहेको प्रहरी विटको छानो पनि उडाएको छ भने विजुली पोलहरु ढलेका कारण विद्युत सेवासमेत अवरुद्ध भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

छोरा ! उठ न

Advertisment