Comments Add Comment

‘भारत’लाई बुधबार रिलिज गर्न दिन अदालतको आदेश

चलचित्र विकास बोर्डले शुक्रबार मात्र कुनै पनि भाषाको चलचित्र रिलिज हुनुपर्ने अडान राख्दै वैशाख ४ गते हिन्दी चलचित्र ‘कलंक’लाई रोकेको थियो । यो चलचित्र शुक्रबार मात्र नेपालमा रिलिज भएको थियो । बोर्ड अध्यक्ष केशव भट्टराइले भारतमा वुधबारदेखि नै रिलिज हुन लागेको चलचित्र ‘भारत’लाई पनि शुक्रबारमात्र नेपालमा रिलिज हुन दिने अडान राखेका थिए । नेपाली चलचित्रको हित विपरित कुनै पनि काम हुन हुँदैन भन्ने अडान अध्यक्ष भट्टराइको थियो ।

तर, ‘कलंक र भारत’लाई नेपालमा वितरण गर्न लागेको ब्यांकटस इन्टरटेन्मेन्टले चलचित्र विकास बोर्डको निर्णय विरुद्ध जिल्ला अदालत काठमाण्डौमा मुद्दा दायर गरेको थियो । सोमबार दायर गरिएको मुद्दामा सोमबार नै फैसला सुनाउँदै जिल्ला अदालतले स्वतन्त्र व्यवसायमाथि हस्तक्षेप नगर्न आदेश दिएको छ ।

जिल्ला अदालतले स्वतन्त्र व्यवसायमाथि हस्तक्षेप नगर्न चलचित्र विकास बोर्डलाई सचेत तुल्याएपछि अब बुधबार नै नेपालमा ‘भारत’ रिलिज हुनेछ । ब्यांकटस इन्टरटेन्मेन्टका प्रमुख मनोज राठीले अनलाइनखबरसँग भने–‘हाम्रो यो स्वतन्त्र व्यवासय हो । हाम्रो यो व्यवसायमै रोक लगाउन थालेपछि हामीले उजुरी दिएका थियौ । अदालतले हाम्रो पक्षमा फैसला गरेको छ ।’ उनले, अब ‘भारत’ मात्र नभएर अन्य चलचित्र पनि जुनसुकै मितिमा रिलिज हुने प्रष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment