Comments Add Comment

अनिलको शतकका बाबजुद प्रदेश ५ विजयी, गण्डकी पराजित

२० जेठ, काठमाडौं । प्रदेश ५ ले आफ्नो अन्तिम खेलमा रोमाञ्चक जित हात पारेको छ ।

त्रिवि क्रिकेट मैदानमा आज भएको समूह ए को आफ्नो अन्तिम खेलमा गण्डकी प्रदेशलाई तीन विकेटले पराजित गरेको हो । २३५ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको प्रदेश ५ ले निर्धारित ओभर सकिन एक बल बाँकी छँदा सात विकेटको क्षतिमा लक्ष्य भेटायो ।

प्रदेश ५ को जितमा सौरभ खनाल नायक सावित भए । उनले ९० रन बनाउँदै टिमलाई जित दिलाए । त्यस्तै, प्रनित थापामगरले ४५ र निश्चल चौधरीले ३३ रन बनाए । बलितर्फ गण्डकी प्रदेशका किशोर महतोले ले दुई विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको गण्डकी प्रदेशले ४९.२ ओभरमा सबै विकेटको क्षतिमा २३४ रन बनाएको थियो । गण्डकी प्रदेशका लागि अनिल गुरुङले शतक बनाए । उनले १५२ बलमा ५ चौका र एक छक्का प्रहार गरे । टिम हारसँगै उनको शतक छायाँमा परेको छ ।

बलिङतर्फ भने प्रदेश पाँचका अनिल खरेलले पाँच विकेट लिए । उनले ९.२ ओभर बलिङ गर्दै २८ रन खर्चिएर पाँच विकेट लिए ।

अब फाइनल प्रवेशका लागि सेमिफाइनलमा विभागीय टिम आर्मीले प्रदेश तीनसँग प्रतिस्पर्धा गर्दैछ । त्यस्तै, दोस्रो सेमिफाइनलमा नेपाल पुलिस क्लबले एपीएफ क्लबसँग प्रतिस्पर्धा गर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment