Comments Add Comment

सकियो रजस्वला उत्सव

२० जेठ, काठमाडौं । बूकवर्म फाउण्डेसनको आयोजनामा महिनावारी स्वच्छता दिवसको उपलक्ष्यमा रजस्वला उत्सव मनाइएको छ । यो कार्यक्रमको आयोजना गरिनुको उद्देश्य महिनावारी प्रति रहेको नकारात्मक मानसिकतामा परिवर्तन ल्याई यसलाई हेरिने घृणाभावलाई उत्सवमा बदल्नु रहेको थियो ।

कार्यक्रमको शुरुवात् नेपाली समाजमा व्याप्त रजस्वला सम्बन्धी अन्धविश्वास उपरको अन्तरक्रियात्मक छलफलबाट गरिएको थियो । यस अन्तरक्रिया कार्यक्रमको संयोजन कानून व्यवसायी तथा लेखिका दुर्गा कार्कीले गरेकी थिइन् ।

जसमा सहभागी वक्ताहरु यस क्षेत्रमा दशर्कौंदेखि कार्यरत एसआरएचआर विज्ञ डा.लक्ष्मी तामाङ्ग, राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मोहना अन्सारी र पश्चिम नेपालमा प्रचलित एक रजस्वला सम्बन्धी प्रथामा आधारित उपन्यास छाउघरका लेखक राजसरगम गौतम थिए । अन्तरक्रिया मात्र नभई सो कार्यक्रममा वर्डवारियर तथा नवराज पराजुलीबाट रजस्वला सम्बन्धी बिषयलाई सेरो फेरो बनाई कविता वाचन गरिएको थियो ।

कार्यक्रम आई एम इ नेपाल लिटरेचर फ्यस्टीभलको काठमाण्डौंमा विस्तारीत कार्यक्रम थियो भने वाई वाई बनौ आर्दश नागरिक अभियान अन्र्तगत मुल नाराका साथ कार्यक्रमलाई समर्थन गरिएको थियो ।

संयोजकले कार्यक्रमको आरम्भ गर्दै नेपालमा पनि सन् २०१५ देखि महिनावारी स्वच्छता दिवस मनाउन थालिएको सन्दर्भलाई आैंल्याइन् ।

उनले ढिलै भएपनि अन्ततः नेपालले पनि महिनावारी स्वच्छतालाई अन्य वातावरण दिवस वा एचआइभि विरुद्धको दिवस जसरी नै मान्यता दिएर मनाउने प्रचलनको थालनी गर्नु, एक राम्रो संकेत भएको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment