+
+
Shares

सचिवालय बैठकअघि ओली र प्रचण्डले गरे माधव नेपालसँग छलफल

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ २१ गते ९:५५

२१ जेठ, काठमाडौं । केन्द्रीय सदस्यहरुको कार्यविभाजन टुंगो लगाउने प्रयासमा सत्तारुढ नेकपाको सचिवालय बैठक बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार दिउँसो ३ बजे बैठक बस्न लागेको हो ।

यो बैठकअघि नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेता माधवकुमार नेपालसँग छलफल गरेका छन् । यसअघि पटक-पटक ओली र प्रचण्डबीच यस विषयमा छलफल भइसकेको थियो ।

माधव नेपालले पार्टीमा दोहोरो जिम्मेवारी दिन नहुने अडान राख्दै आएका छन् । तर, उनीसँग बिहान भएको छलफलमा के कुरा भयो भन्ने खुलेको छैन । यद्यपि ओली पक्षका नेताहरुले छलफल सकारात्मक भएकाले दिउँसो बैठक बोलाइएको बताएका छन् ।

यसअघि जेठ १८ र २० गते बोलाइएका सचिवालय बैठक छलफल नटुंगिएको भन्दै स्थगित गरिएको थियो । नेकपाको ४४१ सदस्यीय केन्द्रीय कमिटीबाट १४७ सदस्यीय पोलिटब्युरो गठन र केन्द्रीय सदस्यहरुको कार्य बिभाजन गर्न बाँकी छ ।

नेताहरुले हाललाई पोलिटब्युरो गठन नगरेर पहिले केन्द्रीय सदस्यहरुको कार्यविभाजन टुंगो लगाउने प्रयास गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?