Comments Add Comment

लण्डनमा बोल्ड सुहाना

चलचित्र ‘ए मेरो हजुर ३’को रेड कार्पेट प्रिमियर बेलायतमा गरिएको छ । आइतबार बेलुकी अल्डरसटस्थित एम्पायर हलमा चलचित्रको प्रिमियर भएको हो । सपन इन्टरटेनमेन्टले आयोजना गरेको प्रिमियरमा चलचित्रकी नायिका सुहाना थापा, निर्देशक झरना थापा र निर्माता सुनिलकुमार थापा उपस्थित थिए ।

चलचित्रको प्रदर्शन अगाडि आयोजित कार्यक्रममा सुहाना, झरना र सुनिलले दर्शकको माया नै आफूहरुको सफलता भएको बताउँदै यति धेरै माया पाएकोमा खुशी व्यक्त गरे । कार्यक्रममा नायिका सुहाना थापा बोल्ड अवतारमा पुगेकी थिइन् । सुहानाको नयाँ गेटअपलाई समेत दर्शकले रुचाए । दर्शकले सुहानाको कामको समेत तारिफ गरेका थिए ।

नेपालमा समेत ५१ दिन मनाएको यो चलचित्रमा अनमोल केसी, सुहान थापा, सलोन बस्नेत, रेअर राई लगायतका कलाकारको मुख्य भूमिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment