Comments Add Comment

वल्र्डलिंकद्वारा नेशनल मार्केटिंग एक्सिलेन्स प्रतियोगिता २०१९ शुरु

२१ जेठ, काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्ड लिंक कम्युनिकेशनस् लिमिटेडले देशका विभिन्न कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई व्यवहारीक अनुभव तथा व्यवसायीकताको ज्ञान दिन पहिलो पटक ‘नेशनल मार्केटिंग एक्सिलेन्स प्रतियोगिता २०१९’ आयोजना गरेको छ ।

प्रतियोगितामा काठमाडौंबाट ८ वटा कलेज तथा काठमाडाैं बाहिरबाट १२ वटा कलेजहरुले सहभागिता जनाएका छन् । जसमा अधिकांश कलेजका विद्यार्थीहरु स्नातक तथा स्नातकोतरमा अध्ययनरत छन् । यस प्रतियोगिता जून १ ,२०१९ बाट शूरु भएर जून ३० ,२०१९ सम्म संचालन हुनेछ ।

३० दिन सम्म संचालन हुने यस प्रतियोगितामा सहभागी कलेजका विद्यार्थीहरुले मार्केटिंग तथा सेल्सको अनुसन्धान र अध्ययन गरी रणनितिहरु बनाउनु पर्ने हुन्छ र सोही रणनितिहरु प्रतियोगिताको निर्णायक मण्डलसामुु प्रस्तुत गर्नुपर्ने हुन्छ । सहभागीहरुलाई विभिन्न ख्याति प्राप्त व्यवसायीहरुद्वारा विभिन्न विधाहरुमा २ दिने तालिम प्रदान गरिने छ ।

प्रतियोगितामा प्रथम हुने कलेजलाई पुरस्कार स्वरुप रु. २,५०,०००, दास्रो स्थान प्राप्त हुने कलेजलाई रु. १,००,००० र तेस्रो स्थान प्राप्त हुने कलेजलाई रु. ७५,००० प्रदान गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment