+
+

कोइराला निवासको सुरक्षा : केन्द्रले फिर्ता बोलायो, महानगरले प्रहरी खटायो

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ २१ गते १३:१६

१२ जेठ, विराटनगर । विराटनगर महानगरपालिकाले कोइराला निवासको सुरक्षामा नगरप्रहरी खटाएको छ । केन्द्र सरकारले प्रहरी युनिटलाईर् फिर्ता भएको पाँच दिनपछि महानगरले २ जना नगरप्रहरी खटाएको हो ।

विस २०५४ सालयता प्रहरीको सानो टुकडी कोइराला निवासको सुरक्षाका लागि खटिएको थियो । तर बिहीवार सुरक्षाकर्मी फिर्ता भएका थिए । सुरक्षाकर्मीको उपस्थिति नहुँदा ऐतिहासिक धरोहर मानिएको कोइराला निवास असुरक्षित बनेकाले दुई जना नगरप्रहरी खटाएको मेयर भीम पराजुलीले जानकारी दिए ।

कृष्णप्रसाद कोइरालाले निर्माण गरेको घर कोइराला परिवारको अंशबण्डामा डा. शेखर कोइरालाको भागमा परेको छ । पुरानो डिजाइनको घर पछिल्लो समय शेखरले विराटनगर आएका बेला प्रयोग गर्दै आएका छन् ।

कोइराला निवास व्यक्तिको मात्र सम्पत्ति नभई संस्था भएकाले महानगरले नगररक्षक खटाएको मेयर पराजुलीले जानकारी दिए । ‘कोइराला निवास एउटा संस्था हो, यहीँबाट २००७ सालको क्रान्ति सुरु भएको थियो’ मेयर पराजुली भन्छन्, ‘संघिय सरकारले सुरक्षाकर्मी हटाएपछि नगरले खटाएको हो ।’

महानगरले निरन्तर सुरक्षा प्रदान गर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?