Comments Add Comment

यार्सा पाटनमा सुरक्षाकर्मी परिचालन

२१ जेठ दार्चुला । दार्चुला जिल्लाका यार्सा पाटन (यार्सागुम्बा टिप्ने लेक) मा अनुगमनका लागि सुरक्षाकर्मीसहितको टोली परिचालन गरिएको छ । जेठ दोस्रो सातादेखि खुल्ला गरिएका जिल्लाका यार्सा पाटनहरुमा अुनगमनका लागि अपीनाम्पा संरक्षण क्षेत्रका कर्मचारी तथा सशस्त्र प्रहरी र नेपाल प्रहरी सहितको टोली खटिएका छन् ।

यार्सा पाटनमा प्रबेश गरेको यार्सा संकलनहरुले परिचय पत्र लिए नलिएको बारे अनुगमन गर्न टोली परिचालन गरिएकोे अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका सूचना अधिकारी राजु घिमिरेले जानकारी दिए । अनुगमन संगै यार्सा पाटनमा चोरी, डकैतीलगायतका विभिन्न अपराधिक गतिविधिहरु समेत हुने गरेकाले संरक्षण क्षेत्रको आग्रहमा सशस्त्र प्रहरी तथा नेपाल प्रहरीको टोली यार्सा पाटनामा खटाइएको हो ।

अपिहिमाल गाउँपालिकाको घुसा क्षेत्रका यार्सा पाटनमा सूचना अधिकारी राजु घिमिरेको नेतृत्वमा २१ जना सशस्त्र प्रहरीको टोली खटिएको छ ।

यस्तै व्याँस क्षेत्रका यार्सा पाटनमा अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका रेञ्जर मनोज अवस्थीको नेतृत्वमा २१ जना सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ । यस्तै खण्डेश्वरी र सितोलाको चाइमेटला लगायतका वन क्षेत्रका लागि १०/१० जना नेपाल प्रहरीको टोली परिचालन गरिएको सूचना अधिकारी घिमिरेले जानकारी दिए ।

अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाले यो वर्षदेखि यार्सा पाटनमा जानेहरुका लागि दुर्घटना बीमाको पनि सुविधा गरिएको सूचना अधिकारी घिमिरेले बताए । यार्सा पाटनमा परिचय पत्रसहित गएका यार्सा संकलक, पाटनमा खटिने कर्मचारी तथा सुरक्षाकर्मी, परिषद् व्यवस्थापन समिति पदाधिकारी तथा एक जना पत्रकार गरी जम्मा २० जनासम्मको दुर्घटना बीमाको सुविधा गरिएको छ ।

प्रति व्यक्ति १० लाखका दरले दुर्घटना बीमा सुविधा उपलब्ध गराइएको अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका सूचना अधिकारी घिमिरेको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment