+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

मधेसी आयोगका प्रमुख भन्छन्ः लोकसेवा विज्ञापनमा त्रुटि छ

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ २१ गते १४:४३
Photo Credit : अनलाइनखबर फाइल

२१ जेठ, विराटनगर । मधेसी आयोगका अध्यक्ष विजयकुमार दत्तले स्थानीय तहका लागि लोकसेवा आयोगले खुलाएको विज्ञापनमा त्रुटी रहेको बताएका छन् ।

मंगलबार विराटनगरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै दत्तले लोकसेवाको विज्ञापनमा समावेशी ‘क्वास्टर’ नछुट्याउनु त्रुटीपूर्ण भएको बताए । ‘लोकसेवा आयोग पनि संवैधानिक अंग हो, मधेसी आयोग पनि संवैधानिक अंग हो उनले भने, ‘विज्ञापन खुलाएपछि लोकसेवा आयोगमा पुगेर छलफल पनि गरेको छु ।’

आयोगले विज्ञापन खुलाएको विषयमा क्लास्टर नछुटाउँदा त्रुटि देखिएकाले ध्यानाकर्षण गराएको उनले बताए । संविधानको भावना विपरित विज्ञापन भएको बताउँदै उनले आयोगसँग थप छलफल गर्ने बताए ।

मधेसी आयोग गठन भएको तीन महिना पुगेको छैन । आयोग अहिले जनताको गुनासो सुन्ने क्रममै छ । यसक्रममा अहिलेसम्म ६९ वटा मिटिङ गरेको भन्दै आयोग प्रमुख दत्तले सरकारप्रति जनताको गुनासो बढी आएको बताए ।

उनका अनुसार नागरिकतामा समस्या देखिएको, भारतीय सवारी निर्वाध रुपमा चल्दा राज्यलाई नोक्सान पुगेको लगायत समस्याहरु उठेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?